Skip to main content

महिलाको चरित्र हत्या आरोपमा रेस्लर भगवती खड्का पक्राउ

रेसलर भगवती खड्का एक महिलाको चरित्र हत्या गरेको आरोपमा शान्तिनगरबाट पक्राउ परेकी छिन्। साइबर ब्यूरोका एसपी दिलीपकुमार गिरीका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

पीडित महिलाले साइबर ब्यूरोमा जाहेरी दिएपछि भगवती खड्का पक्राउ परेकी हुन्। एसपी गिरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेकी थिइन्।