Skip to main content

शरदसिंह यादवले संघीयताविरुद्धका आवाजप्रति आक्रोश व्यक्त गरे

१९ चैत, काठमाडौं । जनअधिकार पार्टीका अध्यक्ष शरदसिंह यादवले संघीयताविरुद्ध संसद्मा उठेका आवाजप्रति आक्रोश व्यक्त गर्दै ‘सस्तो लोकप्रियता’का लागि राजनीतिक स्टन्ट नगर्न चेतावनी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको पहिलो बैठकमै संघीयता खारेजीको माग गरेका थिए। त्यसैको जवाफमा अध्यक्ष यादवले भिडियो सन्देशमार्फत यस्तो चेतावनी दिनुभएको छ।
‘संघीयता तपाईंको बपौती होइन,’ उनले भनेका छन्, ‘संघीयता ल्याउन तपाईंहरूको कुनै भूमिका थिएन, त्यसैले यसलाई चलाउने अधिकार पनि तपाईंहरूलाई छैन।’ अध्यक्ष यादवले राप्रपा र त्यसका नेताहरूले जनतालाई भ्रममा पारेर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाए। ‘राज ल्याउने एजेन्डा बोकेकाहरू आफैँ चुनाव लडेर संसद्मा आउनु विरोधाभासपूर्ण कुरा हो। संसद् भित्र यस्तो नाटक मञ्चन बन्द गर्नुस्,’ उनले भने।