Skip to main content

गृहमन्त्री सुदन गुरुङले सोफामा सिरक ओढेर सुतेको फोटो सार्वजनिक गर्दै भने– जनताभन्दा माथि सरकार हुँदैन

गृहमन्त्री सुदन गुरुङले फेसबुकमा सोफामा सिरक ओढेर सुतेको फोटो सार्वजनिक गरेका छन्। उनले फोटोसँगै लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’ गृहमन्त्री बनेपछि उनले दमन आरोपमा पक्राउ सिफारिस भएका नेताहरूलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन्।

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन्। कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन्। फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’ फोटोमा उनी सोफामा सिरक ओढेर सुतेको देखिन्छ।

गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन्। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा कारबाही सिफारिस भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेदेखि लिएर प्रहरी कार्यालयहरू अवलोकन, विवादित व्यापारीदेखि सरकारी कार्यालयबाट बिचौलियासम्मलाई नियन्त्रणमा लिन निर्देशन दिने काममा उनी सक्रिय भएको देखिएको छ।