Skip to main content

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह

२० चैत, काठमाडौं । नेकपा एमालेले सरकारले आफ्नो सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय प्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन आग्रह गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले सरकारले गरेको निर्णयबाट पछि हट्न आग्रह गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘हालको सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णय प्रति कडा विरोध जनाइएको छ,’ उपमहासचिव भट्टले भने, ‘सरकारलाई यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराइएको छ ।’ सरकारले आफ्नो कार्यसूचीमा विद्यालय र विश्वविद्यालयका विद्यार्थी संगठनहरू खारेज गर्ने उल्लेख गरेका छ ।