इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु, ३६५ जना घाइते भएका छन्

२१ चैत, काठमाडौं । इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको पेन्टागनले पुष्टि गरेको छ। अमेरिकी रक्षा विभागको मुख्यालयले जारी गरेको सूचना अनुसार, इरानसँगको संघर्षमा १३ सैनिकको मृत्यु भइसकेको छ।
पेन्टागनका तथ्यांक अनुसार, अमेरिका–इजरायल र इरानबीच चलिरहेको युद्धमा हालसम्म कुल ३६५ अमेरिकी सैनिक घाइते भएका छन्। सशस्त्र बलका विभिन्न शाखाहरूका विवरणअनुसार, आर्मीमा २४७, नेवीमा ६३, मरिन्समा १९ र एयर फोर्समा ३६ सैनिक इरानको हमलामा घाइते भएका छन्।






