Skip to main content

आजको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ

२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिका डलरको खरिद दर १४८ रुपैयाँ ६७ पैसा र बिक्री दर १४९ रुपैयाँ २७ पैसा रहेको छ । युरोपेली युरोको खरिद दर १७१ रुपैयाँ ६२ पैसा र बिक्री दर १७२ रुपैयाँ ३१ पैसा, बेलायत पाउण्ड स्ट्रलिङको खरिद दर १९६ रुपैयाँ ७६ पैसा र बिक्री दर १९७ रुपैयाँ ५५ पैसा, स्विस फ्र्यांकको खरिद दर १८६ रुपैयाँ २२ पैसा र बिक्री दर १८६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलरको खरिद दर १०२ रुपैयाँ ७१ पैसा र बिक्री दर १०३ रुपैयाँ १२ पैसा, क्यानाडियन डलरको खरिद दर १०६ रुपैयाँ ७६ पैसा र बिक्री दर १०७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलरको खरिद दर ११५ रुपैयाँ ६५ पैसा र बिक्री दर ११६ रुपैयाँ ११ पैसा तोकिएको छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआनको खरिद दर २१ रुपैयाँ ६१ पैसा र बिक्री दर २१ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३९ रुपैयाँ ५९ पैसा र बिक्री दर ३९ रुपैयाँ ७५ पैसा, कतारी रियालको खरिद दर ४० रुपैयाँ ७८ पैसा र बिक्री दर ४० रुपैयाँ ९४ पैसा कायम छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाटको खरिद दर ४ रुपैयाँ ५७ पैसा र बिक्री दर ४ रुपैयाँ ५८ पैसा, युएई दिरामको खरिद दर ४० रुपैयाँ ४८ पैसा र बिक्री दर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३६ रुपैयाँ ८८ पैसा र बिक्री दर ३७ रुपैयाँ ०३ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९ रुपैयाँ ८९ पैसा, स्वीडिश क्रोनरको खरिद दर १५ रुपैयाँ ७६ पैसा र बिक्री दर १५ रुपैयाँ ८२ पैसा, डेनिश क्रोनरको खरिद दर २२ रुपैयाँ ९६ पैसा र बिक्री दर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १८ रुपैयाँ ९७ पैसा र बिक्री दर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनारको खरिद दर ४८४ रुपैयाँ ५० पैसा र बिक्री दर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनारको खरिद दर ३९३ रुपैयाँ ८३ पैसा र बिक्री दर ३९५ रुपैयाँ ४२ पैसा, ओमानी रियालको खरिद दर ३८६ रुपैयाँ २१ पैसा र बिक्री दर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दरहरू केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।