
युवा संघका नेता वकिल बमलाई गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरिएको छ। अपराध अनुसन्धान कार्यालयले उनलाई समेत १३ जनालाई नियन्त्रणमा लिएको थियो। हाल उनी अपराध अनुसन्धान कार्यालयको हिरासतमा रहेका छन्। २१ चैत, काठमाडौं। युवा संघका नेता वकिल बमलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको छ। अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा वकिल बमलाई पनि समातेको हो। उनी नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघको सचिवालय सदस्य हुन्। युवा संघको कार्यालय टिममा आबद्ध उनी शुक्रबार राति पक्राउ परेका थिए। अहिले उनी अपराध अनुसन्धान कार्यालयको हिरासतमा छन्। अपराध अनुसन्धान कार्यालयले उनीसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो। कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका वकिल बम ठमेल क्षेत्रमा सक्रिय रहेका थिए।






