
आइतबार सेयर बजारको नेप्से परिसूचक १०५.५० अंक (३.७९ प्रतिशत) ले घटेर २६७६ अंकमा पुगेको छ। नयाँ सरकार गठनसँगै व्यवसायीमाथि सुरु भएको कडा कदमले सेयर बजारमा डर र त्रास बढेको छ, भन्छन् स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिँजापति। आइतबार कारोबार रकम १२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने ७ कम्पनीका मूल्य बढेको र २६१ कम्पनीका मूल्य घटेको छ। २२ चैत, काठमाडौं।
आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ। बजारको प्रमुख परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) ले घटेको हो। यस गिरावटपछि नेप्से परिसूचक २६७६ अंकमा स्थिर भएको छ। गत बिहीबार नेप्से ५.८२ अंकले बढेको थियो। नयाँ सरकार गठनपछि सेयर बजारमा हालसम्म २८४ अंकको गिरावट आएको छ। सरकार गठन हुनु अगाडि नेप्से परिसूचक २९६० अंकमा पुगेको थियो।
नयाँ सरकार गठनसँगै व्यवसायीमाथि सुरु गरिएको कडाइका कारण बजारमा डर र त्रास बढेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिँजापतिले बताए। उनले भने, ‘बजारको ठूलो सेयर ठूला व्यवसायीले नै राख्छन्, जब त्यसमा धरपकड हुन थाल्यो, त्यसले बजारमा ठूलो त्रास सिर्जना गर्यो। तर यति धेरै डराउनुपर्ने अवस्था छैन।’ बजार ठूलो अंकले घट्दा पनि कारोबार रकममा बृद्धि देखिएको छ। अघिल्लो दिन ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार यो रकम १२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
७ कम्पनीका मूल्य बढेको छ भने २६१ कम्पनीका मूल्य घटेको छ। सबैभन्दा बढी वृद्धि अन्य समूहमा ६.०९ प्रतिशतको दरले भएको छ। यस समूहमा सूचीकृत पुनर्बीमा कम्पनीहरू नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले बढेपछि समूहमा बढी परिणाम देखा परेको हो। बैंकिङ समूहमा ३.३२ प्रतिशत, विकास बैंकमा ४.३२ प्रतिशत, फाइनान्समा ३.९४ प्रतिशत, होटल तथा पर्यटनमा ३.०४ प्रतिशत, हाइड्रोपावरमा ४.८४ प्रतिशत, लगानीमा ३.३२ प्रतिशत, जीवन बीमामा ३.५९ प्रतिशत, उत्पादन तथा प्रशोधनमा १.३३ प्रतिशत, माइक्रोफाइनान्समा ३.४३ प्रतिशत, निर्जीवन बीमामा ३.८६ प्रतिशत र व्यापारमा ३.५८ प्रतिशत गिरावट आएको छ। ६ नयाँ कम्पनीका मूल्य १० प्रतिशतले बढेको छ। हालै बजारमा सूचीकृत यी कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्। त्यस्तै, ७ कम्पनीका मूल्य १० प्रतिशतले घटेको छ। १० प्रतिशतले मूल्य घटेका कम्पनीहरूमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी समावेश छन्। नेपाल पुनर्बीमाको शेयर मूल्य पनि ९.६२ प्रतिशतले घटेको छ। आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।






