राजेन्द्र लिङ्देनले पेट्रोलियम पदार्थमा कर घटाएर मूल्य वृद्धिलाई रोक्न सुझाव दिए

२२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर कम गरी मूल्य वृद्धिलाई रोक्न सुझाव दिएका छन् । आइतबार सामाजिक सञ्जालमा आफ्नो सुझाव व्यक्त गर्दै लिङ्देनले यो विरोध नभई मात्र सुझाव भएको बताएका छन् । ‘विरोध होइन सुझाव – पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाएर भएपनि जनतालाई राहत दिनुपर्छ,’ उनले भनेका छन्, ‘पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको नाममा हवाई यातायात भाडादर लगायत अन्य क्षेत्रमा अनियमित मूल्य वृद्धिलाई रोक्न सरकारको ध्यान जान आवश्यक छ ।’






