Skip to main content

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे आयोजना हुने

मन्त्रिपरिषद्को बैठक आज दिउँसो १ बजे आकस्मिक रूपमा बस्ने तय भएको छ। गृहमन्त्री सुधन गुरुङ रोशी खोला भ्रमणमा जान रोकिएका छन् र बैठकपछि त्यहाँ जान लागेका छन्। बैठकको एजेन्डा हालसम्म सार्वजनिक गरिएको छैन। २४ चैत, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो बैठक आकस्मिक रूपमा बोलाइएको हो। गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए। तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रूपमा राखिएपछि गृहमन्त्री गुरुङ त्यस भ्रमणमा जान रोकिएका छन्। बैठक सकिएपछि उनी काभ्रे जाने बताएका छन्।