खाडीमा रहेका नेपालीहरूको सुरक्षित फिर्तीका लागि कूटनीतिक पहल गर्न सांसद गीता गुरुङको आग्रह

नेपाली कांग्रेसकी सांसद गीता गुरूङले पश्चिम एसियामा जारी युद्धका कारण डरमा रहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरेकी छन्। उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सरकारसँग माग गरिन् कि युद्धका कारण पीडित नेपालीहरूको सुरक्षित फिर्तीका लागि तुरुन्त कूटनीतिक प्रयास गरिनु आवश्यक छ।
सांसद गुरूङले महिलामाथि भइरहेको साइबर बुलिङ रोक्न सरकारसँग कडा कारबाहीको आग्रह समेत गरिन्। उनले भनिन्, “आफ्ना धारणा अभिव्यक्त गरेकै आधारमा महिलामाथि भइरहेको निकृष्ट साइबर बुलिङ रोक्न दोषीलाई कडा कारबाही गर्न म जोडदार माग गर्दछु।”
सांसद गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानको मर्मअनुसार समुन्नत नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको पनि बताइन्। उनले रास्वपालाई प्राप्त भएको जनमतका लागि बधाई दिँदै भनिन्, “उहाँहरूले संविधानको मर्मअनुसार समुन्नत नेपाल निर्माणमा अहम् भूमिका खेल्नुहुनेछ भन्ने मलाई विश्वास छ।”






