Skip to main content

सेयर बजारमा कारोबारसँगै गिरावट देखियो

मंगलबार सेयर बजार २.६१ अंकले घटेर नेप्से परिसूचक २७५७ अंकमा स्थिर रह्यो। आजको कारोबार रकम ६ अर्ब ७३ करोड पुगेको छ, जुन अघिल्लो दिनको १० अर्ब ९२ करोडभन्दा कम हो। ८२ कम्पनीको मूल्य वृद्धिहुंदा १७५ कम्पनीको मूल्य घटेको छ। होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.०८ प्रतिशतले बढेको छ। २४ चैत, काठमाडौं।

मंगलबार सेयर बजार २.६१ अंकले घट्यो। अघिल्लो दिन ८३ अंकले बृद्धि भएको बजार आज सामान्य गिरावटमा देखियो। कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम रह्यो। सुरुवाती कारोबारमा बजार बढे पनि ११:५० बजेपछि केही तल झरेको थियो। कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो।

कारोबार रकम घटेको छ। अघिल्लो दिन १० अर्ब ९२ करोड कारोबार भएपनि आज ६ अर्ब ७३ करोडमै सीमित रह्यो। धेरै कम्पनीका मूल्य घटेका छन्। ८२ कम्पनी मूल्य बढ्दा १७५ कम्पनी मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर छ। अधिकांश समूहका सूचकहरू घटेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ।

हाइड्रोपावर समूह ०.१५ प्रतिशत, अन्य समूह ०.७१ प्रतिशत र बैंकिङ समूह ०.०४ प्रतिशतले बढेका छन्। निर्जीवन बीमा ०.३३, माइक्रोफाइनान्स ०.१९, उत्पादन तथा प्रशोधन ०.०५, जीवन बीमा ०.४५, विकास बैंक ०.६२, फाइनान्स ०.४१ तथा लगानी ०.४६ प्रतिशतले घटेका छन्। ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशतले बढेका कम्पनीहरूमा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्। त्रिशुली जलविद्युत् कम्पनीको मूल्य ८.६३ प्रतिशतले बढेको छ। झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ३.९६ प्रतिशतले घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एसवाई प्यानल र नेशनल हाइड्रोपावर रहेका छन्।