संविधान संशोधन कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहनलाल आचार्यको सहभागिता

राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलमा सांसद तथा अधिवक्ता मोहनलाल आचार्यलाई प्रतिनिधित्वका लागि पठाएको छ। सरकारले प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको छ। आचार्य संवैधानिक कानुन, मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनका विज्ञ तथा अधिवक्ता हुन्। २४ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा सांसद तथा अधिवक्ता मोहनलाल आचार्यलाई प्रतिनिधित्व गर्न चयन गरेको छ। सो कार्यदल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको थियो। उक्त कार्यदलमा रास्वपाले कपिलवस्तु–१ क्षेत्रबाट निर्वाचित सांसद आचार्यलाई प्रतिनिधित्वका लागि पठाएको हो। आचार्य संवैधानिक कानुन, मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनका विज्ञ तथा अधिवक्ताका रूपमा परिचित छन्। उनी विभिन्न संवैधानिक तथा कानुनी अध्ययन र अनुसन्धानपरक कार्यहरूमा समेत सक्रिय छन्।






