Skip to main content

इनड्राइभले नेपालका चालकहरूलाई २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गर्‍यो

इनड्राइभले आफ्ना पार्टनर चालकहरूलाई २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग प्रदान गर्ने घोषणा गरेको छ। कम्पनीले यो इन्धन सहयोग कार्यक्रम वैशाख २ (अप्रिल १५) देखि सुरु हुने जानकारी दिएको छ। इन्धन मूल्य वृद्धिले चालकहरूको सञ्चालन खर्चमा वृद्धि भएको र तिनको आम्दानीमा असर परेको पनि कम्पनीले जनाएको छ।

कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘इनड्राइभको पियर–टु–पियर मोडेलले यात्रु र चालक दुवैलाई भाडा प्रत्यक्ष निर्धारण गर्ने सुविधा दिन्छ। यसले वास्तविक बजार अवस्था र सञ्चालन खर्चलाई हेरेर न्यायोचित भाडा निर्धारण गर्न मद्दत गर्दछ।’ यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब कम गर्ने र तिनको आम्दानी स्थिर राख्न सहयोग गर्ने लक्ष्य राखेको छ।

नेपालमा राइड–हेलिङ सेवाको विस्तारले धेरै चालकहरूका लागि रोजगारीका अवसर सिर्जना गरेको छ। यात्रुहरूले पनि सहज र किफायती यातायात सेवा प्रयोग गर्दै आएका छन्। तर, पछिल्लो समय इन्धन मूल्यमा निरन्तर भएको वृद्धिले चालकहरूको सञ्चालन खर्चमा वृद्धि गरेको छ, जसले तिनको दैनिक आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ।

कम्पनीले चालक समुदायको चासो तथा गुनासो गम्भीरतापूर्वक लिँदै, यातायात क्षेत्रका संरचनात्मक समस्याहरू समाधान गर्न भइरहेको पहलहरूको समर्थन गरिरहेको जनाएको छ।