
२५ चैत, धनगढी। कैलाली जिल्लामा एक जनालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरिएको छ। महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुकी उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीबाट घटनासम्मन्धी थप आवश्यक अनुसन्धान भइरहेको जानकारी पनि दिइएको छ।






