
फ्योदोर दोस्तोएभ्स्कीले १८८० मा पुस्किन स्मारक अनावरण समारोहमा पुस्किनलाई रुसी चेतनाका भविष्यद्रष्टा र मार्गदर्शक प्रकाशका रूपमा वर्णन गरेका थिए। दोस्तोएभ्स्कीको उपन्यास ‘डेमन्स’ ले प्रगतिशील राजनीतिक विचारधाराले समाजलाई नैतिक भ्रष्टतातर्फ लग्ने चेतावनी दिएको छ। उपन्यासका पात्रहरूले उदारवादी र कट्टरपन्थी विचारधाराको मनोविज्ञान र समाजमा पर्ने गहिरो प्रभावलाई सूक्ष्म रूपमा चित्रण गरेका छन्।
जुन ८, १८८० मा फ्योदोर दोस्तोएभ्स्कीले मस्कोमा ‘सोसाइटी अफ लभर्स अफ रसियन लिटरेचर’ को भेलामा पुस्किन स्मारकको अनावरण समारोहमा आफ्नो प्रसिद्ध ‘पुस्किन भाषण’ प्रस्तुत गरेका थिए। उक्त भाषण यति प्रभावशाली थियो कि त्यहाँ उपस्थित मानिसहरू आँसु रोक्न सकेनन्। दोस्तोएभ्स्कीले पुस्किनको चरित्र र कृतित्वको गहन विश्लेषण गरी आफ्नो कृतिहरू आगामी मानवताको यात्राका लागि कति महत्वपूर्ण हुन् भनी स्पष्ट देखाएका छन्।
उपन्यास ‘डेमन्स’ ले प्रगतिशील राजनीतिक विचारधाराले समाजलाई कस्तो प्रकारको नैतिक पतन तर्फ लैजाने विषयमा के-के कुराहरू अभिव्यक्त गर्न खोजिएको छ भन्नेमा केन्द्रित छ। इतिहासले १९औं शताब्दीलाई पुरानो धार्मिक समाज मान्दा, २०औं शताब्दी केही नयाँ र फरक गर्ने उर्जावान समयका रूपमा आफ्नो परिचय बनाउन खोजिरहेको थियो।
लेनिन, ट्रट्स्की, स्टालिन, माओ, पोल पोट, किम इल सुङ लगायतले अक्कलरहित नक्कल गरेको यो प्रणालीले मानवताको करिब ४० प्रतिशत भागमा आफ्नो प्रभुत्व कायम गर्यो। किरिलोभको कल्पनामा भविष्यमा एउटा यस्तो ‘नयाँ मानिस’ को उदय हुनेछ, जसले मृत्युको यो शाश्वत तर्कबाट आफूलाई पूर्णरूपमा मुक्त गर्नेछ।






