Skip to main content

समुद्री वातावरण संरक्षणका लागि ओइस्टर रिफ पुनर्निर्माण अनिवार्य: अनुसन्धान

म्याक्वेरी विश्वविद्यालयका शोधकर्ताहरूले ओइस्टर रिफ पुनर्जीवनको सरल र प्रभावकारी उपाय खोजेका छन्। तिनीहरूले सिड्नीका ओइस्टर रिफको थ्री-डी ज्यामितीय संरचनाले साना ओइस्टरको जीवन र मृत्युलाई निर्धारण गर्ने देखाएका छन्। कङ्क्रिटका १६ प्रकारका टाइलहरूमा प्राकृतिक रिफ जस्तै सुरक्षित साना ठाउँहरू बनाउनाले ओइस्टरका बच्चाहरू बढी बाँच्न सफल भएको पाइएको छ। २५ चैत, काठमाडौं।

वैज्ञानिकहरूले समुद्री पारिस्थितिक प्रणालीका मेरुदण्ड मानिने ओइस्टर रिफलाई पुनः सक्रिय बनाउन सहज र प्रभावकारी उपाय पहिचान गरेका छन्। म्याक्वेरी विश्वविद्यालयका शोधकर्ताहरूले प्रकृतिले बनाएको ‘रिफ डिजाइन’ को रहस्य उद्घाटित गरे। यसले विश्वव्यापी रूपमा नष्ट हुँदै गइरहेका समुद्री चट्टानहरूलाई संरक्षण गर्न सहयोग गर्नेछ। यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर’ मा प्रकाशित भएको छ।

अहिलेसम्म ओइस्टर रिफलाई मात्र शंखकिरा जस्ता जीवहरूको अनियन्त्रित थुप्रो ठानिन्थ्यो। नयाँ अनुसन्धानले यसलाई सुव्यवस्थित ‘थ्री-डी प्रणाली’ भएको पुष्टि गरेको छ। शोधकर्ताहरूले सिड्नीका ओइस्टर रिफको उच्च-रिजोल्युसन थ्री-डी फोटो खिचेर अध्य्नन गर्दा उनीहरूको ज्यामितीय संरचनाले साना ओइस्टरहरूको जीवन र मृत्युलाई निर्धारण गर्ने पत्ता लगाए। अध्ययनले देखाएको छ कि ओइस्टरका बच्चाहरूलाई हुर्काउन ठूला र जटिल संरचनाभन्दा साना र सुरक्षित प्वालहरू बढी प्रभावकारी छन्।