युद्धविरामपछि ट्रम्पले इरानलाई सैन्य सहयोग गर्ने राष्ट्रहरूमा ५० प्रतिशत कर लगाउने घोषणा गरे

२५ चैत, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य सहयोग गर्ने देशहरूमा ५० प्रतिशत कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। इरानसँग भएको युद्धविराम सम्झौतापछि बुधबार सामाजिक सञ्जाल ट्रूथमार्फत अभिव्यक्ति दिँदा ट्रम्पले इरानका सहयोगी देशहरूलाई यस्तो चेतावनी दिएका छन्।
‘इरानलाई सैन्य हतियार आपूर्ति गर्ने देशले अमेरिकामा बिक्री हुने सबै वस्तुहरूमा ५० प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ,’ ट्रम्पले लेखेका छन्, ‘यो व्यवस्था तत्काल लागू हुनेछ र यसमा कुनै छुट दिइने छैन।’






