Skip to main content

पाटनमा चक्कु प्रहारबाट दाजुभाइको हत्या, दुई पक्राउ

२५ चैत, काठमाडौँ । ललितपुर पाटनस्थित कृष्ण मन्दिरको आसपासमा चक्कु प्रहार गरेर दुई दाजुभाइको हत्या गरिएको छ। ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङलाई चक्कु प्रहार गरी हत्या गरिएको हो। उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो जहाँ उपचारको क्रममा उनीहरूको मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

चक्कु प्रहार गर्ने संदिग्ध दुई जनालाई प्रहरीले फरार हुँदै गर्दा पक्राउ गरेको छ। घटनाको कारण के थियो? बुधबार साँझ नेम्बाङ दाजुभाइले सञ्जीवलाई मोबाइलबाट फोन गरेका थिए। उनीहरू एकअर्कालाई चिनेका थिएनन्। नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर संवाद भएको र सोही क्रममा विवाद सुरु भएको थियो। फोनमा विवाद बढेपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटनमा भेट्न बोलाएका थिए। त्यसपछि इमाडोल बस्ने दाजुभाइहरू पाटन पुगे। मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्ने चक्कु लिएर उनहरूमाथि प्रहार गरेका थिए।