आज जनआन्दोलन दिवस: पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र पुनःस्थापना सम्झना

नेपालमा २६ चैतलाई प्रजातन्त्र पुनःस्थापना भएको दिनको रुपमा जनआन्दोलन दिवस मनाइँदै छ। विह.ศ. २०४६ चैत २६ गते ३० वर्षे पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै बहुदलीय शासन व्यवस्था पुनःस्थापित गरिएको थियो। नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहितको संयुक्त जनआन्दोलनपछि राजा वीरेन्द्रले २६ चैतमा बहुदलीय व्यवस्थाको पुनःस्थापनाको घोषणा गरेका थिए।
आज विभिन्न कार्यक्रमहरू आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ। विह.ศ. २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेका पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो। नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहितको संयुक्त जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थालाई समाप्त पारेको थियो। सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापित भएको छ।
कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चल्यो। २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको अवसरमा २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो। तत्कालीन राजा वीरेन्द्रले देशवासीलाई सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापनाको घोषणा गरेका थिए।






