
प्रधासेनापति अशोकराजग सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा सहायक रथीबाट उपरथीमा बढुवा भएका पदम बहादुर बुढा र पन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ। कार्यक्रममा बलाधिकृत रथी र अन्य अधिकृतहरूको उपस्थिती रहेको थियो। २७ चैत, काठमाडौं। उपरथीमा बढुवा भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रधासेनापति अशोकराजग सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो। सहायक रथीबाट उपरथीमा बढुवा भएका पदम बहादुर बुढा (पीएचडी) र पन खत्रीलाई सो चिह्न प्रदान गरिएको छ। कार्यक्रममा बलाधिकृत रथी तथा अन्य अधिकृतहरूको उपस्थिती रहेको थियो।






