
संसदीय दलको बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह जाँदैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बैठक सुरु भएको छ। बैठकमा आज हुने उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ। प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछाने बैठकमा सहभागी भएका छन्। २७ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ। बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत पुगेका छन्। उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन्। श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्। प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ।






