
नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा भाग नलिन निर्णय गरेको छ। सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। रास्वपा, कांग्रेस र नेकपाले रुबीकुमारी ठाकुरकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन्। २७ चैत, काठमाडौं।
नेकपा एमालेले उपसभामुख पदका लागि हुन लागेको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। आज हुने उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गर्ने निर्णय गरेपछि एमालेले ‘नो भोट’ गर्ने निर्णय गरेको हो। झन्डै दुई तिहाइ मत रहेको रास्वपा, श्रम संस्कृति पार्टीसँगै कांग्रेस र नेकपाले पनि रुबीकुमारीकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन्।
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।






