Skip to main content

मेलानिया ट्रम्पले जेफ्री एप्स्टीनसँग कुनै सम्बन्ध नरहेको दाबी गरिन्

मेलानिया ट्रम्पले एप्स्टीनले आफूलाई डोनल्ड ट्रम्पसँग भेट गराएको भन्ने दावी अस्वीकार गरिन्। उनले ह्वाइट हाउसमा सञ्चारकर्मीहरूलाई भनेकी छिन् कि, एप्स्टीनसँग मेरो नाम जोडेर मेरो बदनाम गर्ने काम तुरुन्तै रोकिनु पर्छ। बिहीबार अप्रत्याशित रूपमा आफ्नो अभिव्यक्ति दिँदै उनले एप्स्टीनबाट पीडित महिलाहरूका लागि संसदीय सुनुवाइ हुनुपर्ने आवाज पनि उठाइन्।

उनले अनलाइनमा फैलिरहेका “एप्स्टीनले मेलानियालाई डोनल्ड ट्रम्पसँग परिचित गराएका थिए” भन्ने हल्लालाई बदनाम पार्ने एक घटिया प्रयास भएको बताइन्। अमेरिकी सरकारले केही महिना अघि एप्स्टीनसँग सम्बन्धित अनुसन्धानका लाखौं दस्तावेजहरू सार्वजनिक गरेपछि ती दस्तावेजहरूमा उल्लेखित प्रभावशाली र धनी व्यक्तिहरूप्रति ठूलो चासो बढेको छ। तर ती नामहरू उल्लिखित भएकाले उनीहरूले कुनै अपराध गरेका छैनन् भन्ने अर्थ लाग्दैन।