
२७ चैत, काठमाडौं । चैत २९ र ३० गतेका लागि निर्धारित नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण रोकिएपछि नयाँ मिति सार्वजनिक गरिएको छ। महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले वैशाख २१ र २२ गते साधारणसभा र निर्वाचन गर्ने गरी नयाँ मिति तोकेको छ। त्यस्तै, वैशाख ९ गते कार्यकारिणी समितिको बैठक पनि आह्वान गरिएको छ। यसअघि निर्वाचन रोक्न दर्ता गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले साधारणसभा र निर्वाचन तत्कालका लागि रोक लगाउने अन्तरिम आदेश दिएको थियो।






