२४ घण्टामा १७१९ जना चालकहरू ट्राफिक नियम उल्लंघनमा कारबाही, करिब १२ लाख रुपैयाँ राजस्व सङ्कलन

२८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने १७१९ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मादक पदार्थ सेवन गरी सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्थाले ठीक नभएका ३५ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने १०२ जना, तीव्र गतिमा सवारी चलाउने ९३ जना, लेन अनुशासन पालना नगर्ने १७९ जना र सार्वजनिक यातायातका साधनहरूलाई असुरक्षित तरिकाले सञ्चालन गर्ने ३८ जना चालकलाई कारबाही गरिएको छ।
त्यस्तै, अनावश्यक हर्न बजाउने ४६ जना, निर्धारित स्थानबाहिर यात्री चढाउने र ओराल्ने २० जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १०९३ जना चालकलाई समेत कारबाही गरेको छ। ट्राफिक कारबाहीबाट जम्मा ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व राज्यकोषमा सङ्कलन भएको उक्त कार्यालयले जानकारी दिएको छ।






