Skip to main content

उसु विश्वकप खेल्न विजय सिन्जाली र सुस्मिता तामाङ चयन

चीनको होकाईमा जुलाई ४ देखि ९ सम्म आयोजना हुने चौथो थाउलो उसु विश्वकपका लागि नेपालबाट विजय सिन्जाली र सुस्मिता तामाङ चयन भएका छन्। गत सेप्टेम्बरमा ब्राजिलमा सम्पन्न १७औं विश्व च्याम्पियनसिपमा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक प्राप्त गरेका थिए। विजय सिन्जालीले जापानको तेस्रो उसु थाउलो विश्वकपमा कास्य पदक जितिसकेका छन् भने सुस्मितालाई एसियन गेम्सका लागि छात्रवृत्ति प्रदान गरिएको छ। २९ चैत, काठमाडौं।

चीनको होकाईमा जुलाई ४ देखि ९ गतेसम्म सञ्चालन हुने चौथो थाउलो उसु विश्वकपका लागि नेपालबाट चेनसु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङले उसु विश्वकपमा प्रतिस्पर्धा गर्ने छन्। गत सेप्टेम्बर १ देखि ७ तारिखसम्म ब्राजिलको ब्रासिलियामा सम्पन्न १७औं विश्व च्याम्पियनसिपमा दुवै खेलाडीको प्रदर्शनका आधारमा उनीहरू चयन भएका हुन्। यस प्रतियोगितामा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक हासिल गरेका थिए।

विजय सिन्जालीले अघिल्लो पटक जापानको योकोहामामा सम्पन्न तेस्रो उसु थाउलो विश्वकपमा ऐतिहासिक कास्य पदक जितेका थिए, जसका लागि उनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाएका थिए। विजय अहिले न्यूजिल्यान्डको एनजेड उसु एकेडेमीमा विदेशी प्रशिक्षणमा छन्। सुस्मिता तामाङलाई नेपाल ओलम्पिक समितिले २०औं एसियन गेम्सका लागि मासिक ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।

उसु संघले सुस्मिताले छिट्टै विदेशी प्रशिक्षणका लागि जाने जानकारी दिएको छ। विजय र सुस्मिताले सन् २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए। दुवै खेलाडी निकै मेहनती र प्रतिभाशाली भएकाले यस पटक पनि विश्वकपमा नेपालले पदकका लागि दाबी गर्ने अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठले बताएका छन्।