
२९ चैत, काठमाडौं । भारतमा उत्तर प्रदेशस्थित यमुना नदीमा डुङ्गा पल्टिँदा ११ जना मृत्यु भएका छन्। यस दुर्घटनामा अझै ५ जना बेपत्ता छन्। धार्मिक स्थलका तीर्थयात्रीहरूले चढेको उक्त डुङ्गा दुर्घटनामा परेकाले त्यहाँको प्रहरीले पुष्टि गरेको छ।
डुङ्गा दुर्घटनापछि नदीबाट २२ जनालाई जीवित उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको छ।






