Skip to main content

सरकारको योजना: पूर्व–पश्चिम लोकमार्गलाई पुनः ‘महेन्द्र राजमार्ग’ नामाकरण गर्ने प्रस्ताव

१ वैशाख, काठमाडौं। सरकारले पूर्व–पश्चिम लोकमार्गलाई पुन: ‘महेन्द्र राजमार्ग’ को नाम दिने प्रस्ताव गरेको छ। मंगलबार सार्वजनिक गरिएको शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा यस प्रस्तावलाई समावेश गरिएको छ। प्रतिबद्धतापत्रको पूर्वाधार विकास शीर्षक अन्तर्गत लेखिएको छ, ‘महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाईवेको मापदण्डमा स्तरोन्नती गरिनेछ।’

गणतन्त्र स्थापना भएयता यो लोकमार्गको नाम परिवर्तन गरी पूर्व–पश्चिम लोकमार्ग राखिएको थियो। अब सरकारले यस नयाँ प्रस्तावमार्फत पुरानो नामलाई पुनः स्थापनाको योजना अघि बढाएको छ।