
रोयल इन्फिल्डले नेपालमा २०२६ संस्करणको गोवन क्लासिक ३५० मोटरसाइकल सार्वजनिक गरेको छ। यस मोटरसाइकलमा ३४९ सीसी एयर आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन र ५-स्पीड गियरबक्स समावेश गरिएको छ। मोटरसाइकल दुई मूल्य भेरियन्टमा उपलब्ध छ, स्याक ब्ल्याक र पर्पल हेज ५ लाख ९८ हजार र ट्रिप टिल एन्ड रेभरेड ६ लाख २ हजार रुपैयाँमा। २ वैशाख, काठमाडौं।
मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इन्फिल्डले नेपालमा २०२६ संस्करणको गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ। बोबर-प्रेरित डिजाइनमा तयार गरिएको यो मोटरसाइकलले स्वतन्त्र र मुक्त जीवनशैली प्रस्तुत गर्दै राइडर–केन्द्रित नयाँ सुविधासँगै बजारमा आएको कम्पनीले जनाएको छ। नयाँ मोडलमा ३४९ सीसी एयर आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन राखिएको छ, जुन ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार, उक्त इन्जिनलाई लेडब्याक बोबर शैली अनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव प्रदान गर्न विशेष रूपमा ट्युन गरिएको छ। “यसको ५–स्पीड गियरबक्सले शहरको भीडभाडदेखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ,” कम्पनीले विज्ञप्तिमा बताएको छ। मोटरसाइकलमा नयाँ एसिस्ट एन्ड स्लिपर क्लच, अपग्रेड गरिएको यूएसबी टाइप सी चार्जिङ पोर्ट तथा डाउनसिफ्टमा उत्कृष्ट नियन्त्रण प्रणाली पनि समावेश गरिएको छ। यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ।
डिजाइनतर्फ, यसले आफ्नो विशिष्ट सिग्नेचर सिंगल सिट बोबर स्टाइलिङ कायम राखेको छ। सार्वजनिक कार्यक्रममा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडल विशेष आकर्षक हुने विश्वास व्यक्त गरे। उनका अनुसार, गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली मन पराउने राइडरहरूका लागि ब्रान्डको लाइन अपमा फरक पहिचान स्थापना गर्नेछ। यो मोडल नेपालभरिका सबै आधिकारिक रोयल इन्फिल्ड शोरुमहरूमा उपलब्ध हुनेछ।






