
३ वैशाख, धनगढी। कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बुधबार राति लम्कीचुहा नगरपालिका–५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले ६ वर्षीया डिनल चौधरीलाई ठक्कर दिँदा उनलाई स्थानीय प्रहरीले मृत्यु भएको पुष्टि गरेको छ। डिनल चौधरीलाई राति करीब ८:४५ बजे घर नजिकै सडकमा खेलिरहेको अवस्थामा ट्याक्टरले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो। उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनामा संलग्न ट्याक्टर र त्यसका चालक लम्कीचुहा नगरपालिका–५ का ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






