Skip to main content

‘बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ १९ वैशाखमा काठमाडौंमा आयोजना हुँदैछ

समाचार सारांश समीक्षा गरिएको छ। एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिता र आर्थिक सिम्पोजियमको नवौँ संस्करण वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा आयोजना हुँदैछ। भारतका नीति आयोगका पूर्व सीईओ अमिताभ कान्त ‘कि नोट स्पिकर’ का रूपमा कार्यक्रममा सहभागी हुनेछन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष सम्बोधन गर्नेछन्। प्रतियोगितामा एकसयभन्दा बढी खेलाडी सहभागी हुनेछन् र मुख्य विजेताले सुनको बल पुरस्कार प्राप्त गर्नेछन् भने होल इन वन खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार प्रदान गरिनेछ। ३ वैशाख, काठमाडौं। ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौं संस्करण र ‘आर्थिक सिम्पोजियम’ यस वर्ष काठमाडौंमा आयोजना गरिने भएको छ। बिहीबार (वैशाख ३) काठमाडौंमा पत्रकार सम्मेलनमार्फत बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुँदैछ भन्ने जानकारी गरायो। नवौं संस्करणको ‘एनसेल बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक सिम्पोजियम’ मा भारतका प्रखर प्रशासक अमिताभ कान्त ‘कि नोट स्पिकर’ का रूपमा सहभागी हुनेछन्। उनी एमआईआईटी युनिभर्सिटीका चान्सलर र भारतको नीति आयोगका पूर्व सीईओ हुन्। पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले यसबारे जानकारी दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक सिम्पोजियम’ मा प्रमुख अतिथिको रूपमा विशेष सम्बोधन गर्ने बताए।