४ वैशाख, काठमाडौं । सुन्धारा कारागार (जग्गनाथ देवल)बाट फरार भएका जन्मकैदको सजाय पाएका व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको सोताङ गाउँपालिका–३ का ३५ वर्षीय होमबहादुर राई छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। १९ कात्तिक २०७७ मा सोलुखुम्बुकी २८ वर्षीया सोमरानी लामा तामाङलाई उनले खुकुरी प्रहार गरि हत्या गरेका थिए। ज्यान मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले उनलाई २२ असार २०७८ मा जन्मकैदको फैसला सुनाएको थियो। उनी सुन्धारा कारागारमा रहेका बेला जेनजी आन्दोलनको अवसरमा कारागारबाट भागेका थिए। पक्राउ परेका उनलाई पुनः कैद भुक्तानका लागि कारागार पठाइएको छ।






