दुबई जानेको पासपोर्टमा काम गर्न रोक लगाउने २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

अध्यागमन विभागले भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्ने प्रतिबन्ध लेख्ने दुई अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ। ती दुई अधिकृतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन जिम्मेवारीबाट हटाएर छानबिन गरिएको छ। उनीहरुले पासपोर्टमा ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहिबिटेड’ लेखेका थिए। ७ वैशाख, काठमाडौं। भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ। अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार दुई अध्यागमन अधिकृतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको जिम्मेवारीबाट हटाइएको हो। उनीहरुलाई जिम्मेवारीबाट हटाएर छानबिन गरिएको छ। उनीहरुले भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहिबिटेड’ (काम गर्न प्रतिबन्ध) लेखेका थिए।






