Skip to main content

२४ घण्टामा ३ हजार ५०१ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घनमा कारबाही

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ। कारबाहीमा मादक पदार्थ सेवनमा ७७, रातो बत्ती उल्लङ्घनमा १५८ र तीव्र गतिमा ८९ चालकहरू समावेश छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले कारबाहीबाट २५ लाख १५ हजार ५०१ रुपैयाँको राजस्व सङ्कलन भएको जानकारी दिनुभएको छ।

आज बिहानसम्म मादक पदार्थ सेवनमा ७७, अवस्था ठीक नभएकोमा ६९, रातो बत्ती उल्लङ्घनमा १५८, तीव्र गतिमा ८९, लेनमा अनियमितता १७२, ढोका खुला राख्ने ५७, नो हर्न उल्लङ्घन ७७, ओरालो चढ्ने र यात्रु चढाउने ५५, र अन्य उल्लङ्घनमा २ हजार ७४७ गरी कुल तीन हजार ५०१ जनालाई कारबाही गरिएको छ भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘विभिन्न उल्लङ्घनमा पछिल्लो २४ घण्टामा कुल तीन हजार ५०१ जनालाई कारबाही गरिएको छ। यसबाट जम्मा २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।’