Skip to main content

अल्काराज र साबालेन्काले जिते लाउरेस अवार्ड

स्पेनका टेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपन र यूएस ओपन जितेर लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलारुसकी टेनिस खेलाडी आर्यना सबालेन्काले २०२५ मा यूएस ओपन उपाधि जोगाउँदै वर्षकी उत्कृष्ट खेलाडी अवार्ड जितिन्। पेरिस सेन्ट–जर्मनलाई वर्षको उत्कृष्ट टिम घोषणा गरिएको छ भने ल्याण्डो नोरिस र रोरी म्याकइलरोयले विशेष अवार्ड प्राप्त गरेका छन्। ८ वैशाख, काठमाडौं।

विश्व खेलकुद क्षेत्रमा प्रतिष्ठित मानिने लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्डमा स्पेनका टेनिस स्टार कार्लोस अल्कारेज र बेलारुसकी टेनिस खेलाडी आर्यना सबालेन्का वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। २२ वर्षका अल्काराजले फ्रेन्च ओपन र यूएस ओपन जित्दै विश्व नम्बर १ स्थान पुनः कब्जा गरेपछि उक्त अवार्ड जितेका हुन्। उनले यो उपलब्धिलाई आफ्नो लागि ठूलो सम्मान भएको बताएका छन्।

त्यस्तै, साबालेन्काले २०२५ भर उत्कृष्ट प्रदर्शन गर्दै यूएस ओपन उपाधि जोगाएपछि उक्त अवार्ड हात पारिन्। उनले यो जित केवल सफलता मात्र नभई, कठिन परिश्रम, दबाब र दैनिक संघर्षको प्रतिफल भएको प्रतिक्रिया दिइन्। यसैबीच पेरिस सेन्ट–जर्मनलाई वर्षको उत्कृष्ट टिम घोषणा गरियो भने ल्याण्डो नोरिसले ‘ब्रेकथ्रु अफ द इयर’ र गल्फ खेलाडी रोरी म्याकइलरोयले ‘कमब्याक अफ द इयर’ अवार्ड हात पारे। लामिन यमालसहित उदीयमान खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो।