Skip to main content

तारकेश्वरमा करेन्ट लाग्दा २२ वर्षीया सन्श्री श्रेष्ठको मृत्यु

तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोलमा करेन्ट लागेर २२ वर्षीया सन्श्री श्रेष्ठको मृत्यु भएको छ। मंगलबार राति आफ्नै घरमा गिजर चेक गर्ने क्रममा उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि शुभम् अस्पताल लगिएको थियो तर उनको अवस्था जटिल भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। ९ वैशाख, काठमाडौं। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।