Skip to main content

इरानलाई दबाब दिन अमेरिकाले १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध

अमेरिकी अर्थ मन्त्रालयले इरान, टर्की र संयुक्त अरब इमिरेट्समा रहेका १४ जना व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। उनीहरूलाई इरान सरकारले हतियार र हतियारका पार्ट–पुर्जा खरिद तथा आपूर्ति गर्न संलग्न भएको आरोप छ। प्रतिबन्धित सम्पत्ति अमेरिकी र अमेरिकी नागरिकसँग सम्बन्धित क्षेत्रमा फेला परे रोक्का गरिने बताइएको छ।

९ वैशाख, काठमाडौं। अमेरिकी अर्थ मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ जना व्यक्ति, कम्पनी र विमानहरूमाथि प्रतिबन्ध लगाएको छ। उनीहरूलाई इरान सरकारले हतियार र हतियार पार्ट्सको खरिद र सुपुर्दगीमा संलग्न रहेको आरोप लागेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सुदृढ गराउने घोषणा गर्नु अघि अमेरिकाले यो कदम चालेको हो। यस प्रतिबन्धमार्फत् अमेरिकाले इरानी सरकारमाथि आर्थिक दबाब जारी राख्ने प्रयास गरिरहेको छ। प्रतिबन्धित व्यक्ति र कम्पनीहरूको सम्पत्ति अमेरिकी पक्षमा फेला परे तुरुन्त रोक्का गरिने जनाइएको छ।