Skip to main content

साफ महिला च्याम्पियनसिप २०२६ को खेल तालिका सार्वजनिक

साफ महिला च्याम्पियनसिप २०२६ को ड्र सार्वजनिक गरिएको छ। प्रतियोगितामा सहभागि छ वटा टोलीलाई दुईवटा समूहमा विभाजन गरिएको छ। यो प्रतियोगिता मे २५ देखि जुन ६ सम्म भारतको गोवा शहरमा आयोजना गरिनेछ। ९ वैशाख, काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्तर्गत हुने साफ महिला च्याम्पियनसिप २०२६ को ड्र बुधबार सार्वजनिक गरिएको छ।

ड्र अनुसार, सहभागि ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपाल, श्रीलंका, र भुटान रहेका छन् भने समूह बी मा आयोजक भारत, पूर्व विजेता बंगलादेश र माल्दिभ्स रहेका छन्। नेपालको पहिलो खेल मे २५ मा भुटानसँग हुनेछ भने दोस्रो खेल मे ३१ मा श्रीलंकासँग खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिता आगामी मे २५ देखि जुन ६ सम्म भारतको गोवामा सञ्चालन हुनेछ।