Skip to main content

सरकारले २५ जना सहसचिवलाई प्रदेशका मन्त्रालयमा सरुवा गर्‍यो

१० वैशाख, काठमाडौं । सरकारले २५ जना सह–सचिवहरूको पदस्थापनमा सार्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सहसचिवहरूको स्थानान्तरण गरिएको हो । संघीय मन्त्रालयमा कार्यरत २५ जना सहसचिवमध्ये २१ जनालाई प्रदेश सरकारका मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ भने बाँकी ४ जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सह–सचिवको रूपमा सरुवा गरिएको छ । को–को कहाँ सरुवा भए ? सूची यस प्रकार छ :