हर्कको सुझाव– सुकुमबासीलाई बेघर नबनाउनुस्, लठ्ठी, बुट र बन्दुक देखाउन नहुने

१० वैशाख, काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकारलाई सुकुमबासीलाई बेघर नबनाउन सुझाव दिएका छन्। बिहीबार साँझ उनले फेसबुकमार्फत व्यवस्था कसरी मिलाउने भन्ने विषयमा सल्लाह आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताएका छन्।
‘सुकुमबासीलाई बेघर बनाउने काम नगर्नुस् सरकार, व्यवस्थापनका लागि सल्लाह–सुझाव चाहियो भने निःसंकोच सोध्नुस्,’ हर्कले भनेका छन्, ‘लठ्ठी, बुट र बन्दुक जनतालाई नदेखाउनुस्।’






