
फाइल तस्वीर समाचार सारांश सम्पादकीय समिक्षा पश्चात तयार। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा १७ वैशाखका लागि संघीय संसदको अधिवेशन आह्वान गरेका थिए। सरकारले संसदसँग समन्वय नगरी अधिवेशन आह्वान गरेपछि अधिवेशन स्थगित गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन स्थगित गरेका छन्। १० वैशाख, काठमाडौं। सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो। तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका छन्। सिंहदरबार स्रोतका अनुसार सरकारले संसदसँग समन्वय नगरी अधिवेशन आह्वान गरेकाले निर्णय सच्याइएको हो। सिंहदरबार स्रोतले भने, ‘संसदसँग सल्लाह नगरी मन्त्रिपरिषद्बाट निर्णय भएको रहेछ। तर संसदमा तयारीको काम बाँकी रहेकाले मन्त्रिपरिषद्ले गरेको निर्णय सच्याइएको हो।’ मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले बुधबार मात्र १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। यो अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ। १५ जेठमा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा बजेट पेस गर्नुपर्ने भएकाले, बजेट अघि प्रि-बजेट छलफलसमेत हुनेगर्छ।






