Skip to main content

इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि विस्तार: ट्रम्प

११ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम थप तीन साताको लागि बढाइएको बताएका छन्। ट्रुथ सोशलमा गरेका उनका पोस्ट अनुसार, ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरूबीच सम्पन्न बैठकपछि युद्धविराम अवधि थप गर्ने निर्णय लिइएको हो। ट्रम्पले उक्त बैठक अत्यन्त सकारात्मक रहेको उल्लेख पनि गरेका छन्। अमेरिकाको उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उक्त बैठकमा उपस्थित थिए।

‘अमेरिका लेबनानसँग मिलेर काम गर्नेछ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘यसबाट लेबनानले हिज्बुल्लाहसँग हाम्रा रक्षा सुदृढ गर्न सक्छ।’ उनले इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ ओनलाई अगामी साता ह्वाइट हाउसमा आथित्यता दिने योजना रहेको पनि बताएका छन्। ओभल अफिसमा सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले लेबनानी राष्ट्रपति र इजरायली प्रधानमन्त्री ह्वाइट हाउस आउने जानकारी बीबीसीले दिएको छ।