
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा शुक्रबार जित हासिल गरेका छन्। एभरेस्टले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा पराजित गर्दै पहिलो जित प्राप्त गरेको हो। एभरेस्टले २५-२०, १६-२५, २५-१७, २५-१६ का सेटमा एपीएफलाई हराएको थियो। यसअघि बिहीबार भएको पहिलो खेलमा एभरेस्ट नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
न्यु डायमन्डले पनि शुक्रबारको खेलमा सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-३, २५-१ का सेटमा हराउँदै एकपक्षीय जित हात पारेको छ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको थियो। यसैबीच, शुक्रबार पुरुषतर्फ ३ खेल सञ्चालन हुने कार्यक्रम तय रहेको छ।






