
११ वैशाख, काठमाडौं । इजरायल र लेबनानस्थित कट्टरपन्थी सशस्त्र समूह हिजबुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रबार लेबनानबाट प्रक्षेपित थुप्रै प्रोजेक्टाइलहरू रोक्न सफल भएको दाबी गरेको छ। त्यसैगरी, सीमावर्ती स्टुला क्षेत्रमा खतराको साइरन बजेको बताइएको छ। आईडीएफले एक्समार्फत तीन जना ‘हिजबुल्लाहका आतंकवादी’ मारिएको पनि जनाएको छ। ती व्यक्तिहरूले इजरायली हवाई सेनाका विमानहरूलाई मिसाइल प्रहार गर्ने प्रयास गरेको आईडीएफले जनाएको छ। अर्कोतर्फ, हिजबुल्लाहले लेबनानी क्षेत्रमा आईडीएफले क्षेप्यास्त्र आक्रमण गरेको आरोप लगाएको छ। यी घटनाप्रति प्रतिक्रिया स्वरूप शुक्रबार दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।






