Skip to main content

वर्षाका कारण नेपाल र बंगलादेशबीचको कबड्डी खेल स्थगित

चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण स्थगित भएको छ। समूह बीमा रहेका नेपाल र बंगलादेशबीच शुक्रबार खेल हुने तालिका थियो। तर वर्षाका कारण स्थगित भएको कुरा नेपाली टोलीका सेभ दि मिसन राम कृष्ण श्रेष्ठले जानकारी दिए। अब नेपालले समूह बी अन्तर्गत थाइल्यान्डसँग शनिबार खेल्नेछ। रोकिएको नेपाल र बंगलादेशबीचको खेल भने आइतबार खेलिनेछ, सेभ दि मिसन श्रेष्ठले थप जानकारी दिए।

यसैबीच, छैटौं एसियन बिच गेम्समा प्रतिस्पर्धा गर्न नेपाली कुस्ती टोली शुक्रबार चीन प्रस्थान गरेको छ। नेपालबाट कुस्तीका तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ सुरेश चुनाराले ८० केजी तौल समूहमा र त्रिलोकी प्रसाद यादवले ९० केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ सुशिला चन्दले ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।