Skip to main content

तनहुँमा बस दुर्घटना, २७ जना घाइते

११ वैशाख, काठमाडौं। तनहुँको शेराफाँट भन्ने ठाउँमा बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक सीडीओ दिपक रेग्मीका अनुसार, हाल दुर्घटनाग्रस्त गाडीमा रहेका घाइतेहरूको उद्धार कार्य भइरहेको छ। ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जनाको सवार रहेको थियो। दुर्घटनामा २७ जना घाइते भएका छन्। घाइतेलाई जीपी अस्पताल बेलचौतारामा उपचारका लागि लगिएको छ। स्थानीय जनतासहित प्रहरीले मिलेर उद्धारको काम अघि बढाइरहेको र दुर्घटनाको थप विवरण पर्खिरहेको छ भनेर तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीले जानकारी दिए। बस पोखराबाट भैरहवाका लागि छुटेको थियो। घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धार कार्य गरिरहेको छ। ‘अहिलेसम्म कुनै हताहतीको खबर छैन। उद्धार जारी छ’, उनले भने।