
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले घरेलु मैदानमा युएईविरुद्ध सुरु भएको श्रृंखलामा आजदेखि पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। युएईका कप्तान मोहम्मद वासिमले टस जितेर बलिङ रोज्दै नेपाललाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेका छन्। २ वैशाख, काठमाडौं।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले बलिङ रोज्दै घरेलु टोलीलाई पहिले ब्याटिङ गर्न दिएको हो। नेपालका अलराउन्डर गुल्सन झा र पेस बलर नन्दन यादव पहिलो एकादशमा छैनन्। पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका अर्जुन कुमाल र पुनरागमन गरेका विनोद भण्डारी पनि टोली भित्र बेञ्चमा रहेका छन्।
नेपालको प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, र करण केसी रहेका छन्।






