
१३ वैशाख, काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउने काम सुरु गरिएको छ। ठूलो संख्यामा सुरक्षा कर्मी परिचालन गरी उक्त बस्ती हटाउन थालिएको हो। अहिले डोजर प्रयोग गरी घरहरू भत्काउने कार्य अघि बढिरहेको छ। शनिबार भत्काउने प्रयास गर्दा स्थानीयजनताले विरोध जनाएका थिए। स्थानीयहरूले ढुंगामुढा गर्दा सुरक्षा कर्मी पनि घाइते भएका थिए। त्यसपछि फर्किएको डोजरसहितको टोली आज पुनः मनोहरा क्षेत्रमा पुगेको छ। शनिबार काठमाडौँ महानगरपालिकाले थापाथली र गैह्रीगाउँका सुकुमवासी बस्तीहरूमा डोजर लगाएर भत्काउने प्रक्रिया अघि बढाएको थियो।






