
नेपाल पुलिस क्लबले रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिग २०८३ मा बुढानिलकण्ठ भलिबल क्लबलाई २५-२२, २५-१७, २५-१८ को सोझो सेटमा पराजित गरेको छ। रुकुम पश्चिम भलिबल क्लबले पनि खिल्जी युवा क्लबलाई २५-२२, २५-१८, २६-२४ ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ। नेपाल पुलिस र रुकुम पश्चिम भलिबल क्लबले तीन खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेका छन्। १३ वैशाख, काठमाडौं।
विभागीय टोली नेपाल पुलिस क्लब र रुकुम पश्चिम भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा लगातार तेस्रो जित हासिल गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा हराएको हो। पुलिसले बुढानिलकण्ठलाई २५-२२, २५-१७, २५-१८ ले पराजित गरेको छ। पुलिसले तीन खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने लगातार तेस्रो हार बेहोरेको बुढानिलकण्ठ अंकविहीन छ।
त्यसैगरी पुरुषतर्फ रुकुम पश्चिम भलिबल क्लबले पनि खिल्जी युवा क्लबलाई सोझो सेटमा पराजित गरेको छ। रुकुम पश्चिमले खिल्जी युवा क्लबलाई २५-२२, २५-१८, २६-२४ को स्कोरमा हराएको हो। रुकुम पश्चिमले ३ खेलबाट ९ अंक जोडेको छ भने खिल्जी युवा क्लबले लगातार तेस्रो हार भोग्दै अंकविहीन छ।






